६ चैत्र २०८० मंगलबार
समाज

कोराेनाबाट सेती अस्पतालमा ६ जनाको मृत्यु

सुदूरपश्चिममा नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना युवा उमेरका रहेका छन्। धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय युवकको सोमबार राती ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन्। यसैगरि धनगढी उपमहानगरपालिका ७ का ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका ५ का ६० वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको छ।

यसैगरि भीमदत्त नगरपालिका ७ का ७१ वर्षीय पुरुष, बर्दिया जिल्लाको उत्तमपुर २ का २६ वर्षीय युवक र बझाङका ३० वर्षीय युवकको मृत्यु भएको श्रेष्ठले बताएका छन्। बझाङका युवकको ठेगाना खुल्न नसकेको र आफन्त सम्पर्कमा कोही नआएको उनले बताएका छन्।

सेती प्रादेशिक अस्पतालमा वैशाखमा मात्र ३१ जना संक्रमितको ज्यान गएको उनले बताए। ज्यान जानेमा युवा उमेरका र ५० वर्ष मुनिका बढी रहेको उनको भनाइ छ। कोराेनाको पहिलो लहरको संक्रमणले ३२ जनाको मात्र ज्यान गएकोमा दोश्रो लहरको कोराेनाले अढाई सातामा नै ३१ जनाको ज्यान गैसकेको छ। 

‘यो दोश्रो लहरको कोराेना धेरै संक्रामक छ, यो संक्रमणको मृत्युदर धेरै छ’, उनले भने। संक्रमितको चापले सेती प्रादेशिक अस्पतालका शैया, आईसियु सेन्टर र भेन्टिलेटर भरिभराउ भएका छन्। नयाँ भेरियन्टको कोराेनाको संक्रमणले निमोनिया हुने, श्वास फेर्न गाह्रो हुने र अक्सिजन चाहिने गम्भिर प्रकृतीका बिरामी अस्पातल आउने गरेका छन्। आईसियु, भेन्टिलेर र अक्सिजनको अभावले संक्रमितको उपचारमा कठिनाइ भएको चिकित्सकले बताएका छन्।

प्रकाशित: २१ वैशाख २०७८ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App