४ आश्विन २०८० बिहीबार

सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।

सुदूरपश्चिममा संक्रमण बढ्दै, सावधानीका मापदण्ड पालना गर्न तिर छैन ध्यान

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेको बताए। अस्पतालमा १० जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परिक्षण गर्दा गत बिहीबार १८ जना, शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिवार ३२ जनामा संक्रमण देखा परेको थियो।

फार्मेसी नपढेकाले बेच्छन् औषधि

औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा ४ वर्षदेखि अप्राविधिक (नन फार्मेसी) ले औषधि बिक्री वितरण गर्दै आएका हुन्।

सुदूरपश्चिममा दुईको मृत्यु

मृत्यु हुनेमा बझाङ सुर्मा गाउँपालिका–४ का ५५ वर्षीय र सोही गाउँपालिका–२ का ४० वर्षीय पुरुष रहेको उनले बताए।

मन्त्री आलेद्वारा अस्पताललाई ५० अक्सिजन सिलिण्डर प्रदान

वन तथा वातावरण मन्त्री प्रेम आलेले सेती प्रादेशिक अस्पताललाई मंगलबार ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले जटिल प्रकृतिका संक्रमितको चाप बढेर अक्सिजनको अभाव भएका बेला मन्त्री आलेले अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् ।

सेती अस्पतालमा थप चार जनाको मृत्यु

कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको कैलारी गाउँपालिका ६ का २४ वर्षीया महिला, गोदावरी नगरपालिका ४ का ५० वर्षीय पुरुष, गोदावरी नगरपालिका २ का ६५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

सेती अस्पतालमा ८ जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

कोराेनाबाट सेती अस्पतालमा ६ जनाको मृत्यु

सुदूरपश्चिममा नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु भएको छ।

मेसिन खरिद प्रकृया सुरु भएन

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ ।

संक्रमित गाउँ पुगेपछि त्रास

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ६ जना संक्रमितलाई निको नहुँदै यही जेठ २३ गते डिस्र्चाज गरियो । घर पठाउने कुनै व्यवस्था र समन्वय नगरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएपछि झरी परिरहेको धनगढीको सडकमा बैतडी र अछाम घर भएका उनीहरु अलपत्र परे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्