२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बुटवलमा थप ४ संक्रमितको मृत्यु

फाइल तस्बिर

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आज ४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल १२ का ४७ वर्षीय पुरुष र ९ की ५४ वर्षीया महिला,तिलोत्तमा नगरपालिका ४ की ४० वर्षीया महिला र कञ्चन गाँउपालिकाका ४ की २७ वर्षीया महिला छन्।

चारै जनाको कोभिड अस्पतालमा बेड अभाव भएपछि प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा राखेर उपचार भइरहेको थियो। आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका संक्रमितलाइ सामान्य अक्सिजनका भरमा फिबर क्लिनीकमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.बिष्णु गौतमले बताए। 

बुटवल १२ का ४७ वर्षीय पुरुषलाइ वैैशाख १५ गते अस्पताल ल्याइएको थियो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अस्पताल आउँदा नै स्वासप्रश्वास र उच्च ज्वरो आएका उनलाइ आइसीयु उपचार आवश्यक भएपनि बेड खाली नभएपछि फिबर क्लिनीकमै अक्सिजन दिएर राखीएको थियो। उनको गएराती मृत्यु भएको हो। १९ गते अस्पताल ल्याइएकी कञ्चनकी २७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो। बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान ६ बजेर २४ मिनेट जाँदा र तिलोत्तमाकी ४० वर्षीया महिलाको बिहान साढे ६ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए।  

यससंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ।  पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ। चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकांश आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन्। तर बुटवल भैरहवाका कोभिड अस्पतालमा प्रयाप्त आइसीयु बेड नहुँदा भर्ना हुने पालो कुर्दाकुदै संक्रमितले ज्यान गुमाइरहेका छन्।

प्रकाशित: २२ वैशाख २०७८ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App