७ आश्विन २०८१ सोमबार
image/svg+xml

घनश्याम भुसाललाई एकीकृत समाजवादीले भन्यो: छिट्टै पार्टीमा आबद्ध हुनोस्

समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।

प्रधानमन्त्रीलाई प्रचण्ड विश्वास

संसदीय निर्वाचनमा तेस्रो स्थान ल्याएका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई संसद्मा मंगलबार प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले विश्वासको मत दिएका छन्।

प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद् उभिनेछ: नेत्री शर्मा

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताइन्।

देउवालाई ओलीको प्रश्नः २०५८ मा तपाईंले होइन संसद विघटन गरेको?

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।

म निषेध र अपमान होइन, सहकार्य र आपसी विश्वासको राजनीतिका लागि प्रतिवद्ध छुः प्रधानमन्त्री

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले म निषेध र अपमान होइन, सहकार्य र आपसी विश्वासको राजनीतिका लागि प्रतिवद्ध भएको बताएका हुन्।

भट्टराईको सर्तमा नाम फेर्दै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो।

माओवादीले गर्‍यो वाम एकताका लागि कार्यदल गठन

शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहाल र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पार्टीबीच एकता गर्ने गर्ने समझदारी बनेको बताइएको छ।

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए।

अलमलमा नेकपा एस

स्थायी कमिटी र पोलिटब्युरो बैठकमा नेताहरूले नेकपा एमालेसँग मिलेर, एकता गरेर वा सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए। उनीहरूले एमालेसँग सोझै एकता गर्नुपर्छ नभने पनि अहिलेको अवस्थाले पार्टी नचल्ने बताउँदै वामपन्थीसँगको सहकार्यमा जोड दिएका थिए।

नेकपा एसको पोलिटव्यूरो बैठकः सरकारमा जाने/नजाने निर्णय पार्टी केन्द्रिय सचिवालयले गर्ने

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ।

स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश

साहलाई एमालेका अध्यक्ष केपी शर्मा आलीले बालकोटमा खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्