८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद् उभिनेछ: नेत्री शर्मा

नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताइन्। ‘प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो’, उनले भनिन्।

सत्ता साझेदार मात्र नभई प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले सिंगो संसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरिन्।

‘प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद् उभिनेछ’, उनले भनिन्, ‘मुलुकका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको जनताले आभाष गर्न पाउनेछन्।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउने विकल्पसहित आफूहरु राजनीतिमा आएको जनाउँदै उनले सरकार र संसद्लाई प्रभावकारी बनाउने विश्वास दिलाइन्।

सामाजिक न्यायसहितको सुशासन प्रवद्र्धनमा वर्तमान सरकार लागिपरेको जनाउँदै उनले सरकारलाई विश्वासको मत दिएर नागरिकको अपेक्षा पूरा गराउन सहयोग गर्न आग्रह गरिन्।

प्रकाशित: २६ पुस २०७९ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App