coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आह्वान गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो।

‘विश्वासको मतका लागि सबै दललाई आह्वान गर्ने, दललाई मात्रै नभएर सांसदहरुसँग पनि कुरा गर्नका लागि पहल गर्न दलका नेताको निर्देशन भयो’, संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने।

बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि सबै दलसँग कुरा गरेको बताएका थिए।

‘सबै दलसँग कुरा भएको छ,’ प्रचण्डको भनाइ थियो, ‘एकीकृत समाजवादीसँग पनि कुरा भएको छ । नेपाली कांग्रेस लगायतका दलहरुसँग पनि विश्वासको मत दिनका लागि हामीले अपिल गरेका छौं।’

त्यस्तै बैठकमा सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण समेत भएको पाण्डेले जानकारी दिए। उपप्रधानमन्त्री एवम माओवादी राष्ट्रिय सभा दलका नेता नारायणकाजी श्रेष्ठले यसबारे सांसदहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित: २५ पुस २०७९ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App