२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जवाफ दिने ठाउँमा हुँदा आक्रोशभन्दा बढी जिम्मेवारी हुँदो रहेछ: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले जवाफ दिने ठाउँमा पुग्दा आक्रोशभन्दा बढी जिम्मेवारी बोध भएको बताएका छन् ।  

आसन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका बमले आफू अहिले देश निर्माणका लागि जिम्मेवार रुपमा प्रस्तुत भएको बताए ।  

नागरिकले चलाएको ‘म नागरिक म बनाउँछु नेपाल’को पहिलो अंकमा वक्ताका रुपमा सहभागी बमले विगतको आक्रोश कम हुँदै गएको बताए । उनले भने, ‘२००४-२०१० सम्म अभियानमा थिएँ। त्यो बेला प्रश्न र आक्रोश बढी थियो। आरोप लगाउने बानी थियो। जिम्मेवारी कम थियो। तर, बुझ्दै जाँदा गन्तव्य राजनीति रहेछ। अहिले जवाफ माग्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेपछि आक्रोश कम भएर जिम्मेवार बढी हुँदो रहेछ।’

प्रकाशित: १८ माघ २०८२ १८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App