भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले फराकिलो मतान्तरले अग्रता बनाएका छन्।
ताजा मतपरिणाम अनुसार खत्रीले ७ हजार २ भोट पाएका छन्।
खत्री र उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका महेश बस्नेतबिच ४ हजार ४६४ मतको अन्तर रहेको छ। बस्नेतले २ हजार ५३८ मत प्राप्त गरेका छन्।
यस्तै, कांग्रेसका कबीर रानाले २ सय २७ मत पाउदा राप्रपाले २०२ मत पाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:१८ शुक्रबार





