१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन खर्च पारदर्शी बनाउन अब छुट्टै बैंक खाता

आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोधिँदै

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन अभियानसम्बन्धी आम्दानी र खर्चलाई व्यवस्थित तथा पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगको ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड ९ ख बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सहभागी हुने  दल तथा उमेदवारलाई यो नियम लागु गरेको हो । 

आयोगले नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त भएका  बैंक तथा वित्तीय संस्थामा राजनीतिक दल र उम्मेदवारले अलग–अलग निर्वाचन अभियान बैंक खाता खोली सोही खातामार्फत रकम प्राप्त र खर्च गर्नुपर्ने व्यवस्था लागू गर्न नेपाल राष्ट्र बैंकसँग पत्राचार गरेको बताएको छ । 

साथै पछिल्ले समय आयोगले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा आएका उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको छ। आयोगले आईतबारसम्मा  समितिमा प्राप्त उजुरीहरूमध्ये २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधिएकोमा १२ वटाको जवाफ प्राप्त भएको जनाएको छ । 

अन्य उजुरीहरू अध्ययन र छलफलको क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित: १८ माघ २०८२ १८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App