coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवालाई ओलीको प्रश्नः २०५८ मा तपाईंले होइन संसद विघटन गरेको?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच संसदमा जुहारी चलेको छ।  

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।  

हिजोको प्रतिनिधिसभा बैठकमा ओलीले आफूले गरेको विघटन सही भएको बताएका थिए। आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए।

उनले भने, ‘माननीय शेरबहादुर देउवाले २०५९ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन? मेरा मित्रलाई म सोध्न चाहन्छु, तपाईंले होइन संसद विघटन गरेको होइन? म प्रश्न गर्न चाहन्छु। मौका अनुसारको व्याख्या राजनीतिमा गर्नु हुँदैन।’

उनले थपे, ‘मैले शेरबहादुरजीले के गर्नु भएको भनेर मैले हेरेको हो।  गुरु मन्दा हमला?’

देउवाले संसद विघटन २०५९ सालमा गरेका हुन् ।

प्रकाशित: २६ पुस २०७९ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App