४ वैशाख २०८२ बिहीबार
image/svg+xml १:१७ पूर्वाह्न
राजनीति

भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्णः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन्। 

थाइल्याण्डको बैङ्ककस्थित होटल मडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको बताएका हुन्। 

‘हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ’, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।’ रासस

प्रकाशित: २२ चैत्र २०८१ १७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App