नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ।
पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ। पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ।
प्रकाशित: १९ पुस २०७९ ०३:३९ मंगलबार