१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीले गर्‍यो वाम एकताका लागि कार्यदल गठन

नेकपा माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ।

शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

टोलीमा महासचिव देव गुरूङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन्।  

यस अघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको थियो।  

भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो। नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ। यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने बताइएको छ।  

प्रकाशित: २३ पुस २०७९ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App