७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

मधेश प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेतामा सरोज यादवलाई चयन गरेको छ। मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई सर्वसहमतिले चयन गरेको हो।

दलका नेता चयन गर्न मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो। दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो। एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं.४ (क)बाट निर्वाचित भएका हुन्।

दलको नेताका लागि केन्द्रीय सदस्य समेत रहेकाहरु रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी लगायत नेताहरुले दाबी गरेपनि यादवको नाममा सहमति जुटेको हो।  

मधेश प्रदेशमा नेकपा एमाले २३ सांसदसहित ठूलो दल हो। 

प्रकाशित: २० पुस २०७९ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App