२० वैशाख २०८१ बिहीबार
image/svg+xml

सुस्त सरकारी कम्पनीले २२ अर्ब लगानी गर्दै

सरकारले जलस्रोतका परियोजनामा लगानी बढाउने लक्ष्य राखेर एक दशक (२०६८) अगाडि जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) स्थापना गर्‍यो। नयाँ भएर हुनसक्छ कम्पनीले सुरुका केही वर्ष खासै काम देखाउन सकेन। सरकारले विनियोजन गरेको बजेट बैंक तथा वित्तीय संस्थामा राखेर त्यसैबाट आएको ब्याजले सञ्चालन खर्च चलाउने काम मात्र भयो। तर, अहिले यो कम्पनी आक्रामक ढंगले अगाडि बढ्न सुरु गरेको छ।

पिपिएमा नयाँ शैली

नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन गर्ने निजी क्षेत्रबीच हुने पिपिए दररेटको विषय सधैं पेचिलो बन्दै आएको छ । निजी क्षेत्र त्यसमा पनि वैदेशिक लगानीमा निर्माण भएका आयोजनाले विदेशी विनिमयमा पिपिए गर्ने विगतको परम्पराले प्राधिकरण सधैं चुकेको आरोप लाग्दै आएको छ ।

विपद्पछि पूर्वाधार

२०७२ को विध्वंसकारी भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गर्‍यो । तर त्यही भूकम्पले केही क्षेत्रमा नयाँ अवसरको ढोका पनि खोल्ने काम गर्‍यो । भूकम्पपछि क्षतिग्रस्त भवनले नयाँ मुहार फेर्न मात्रै पाएनन्, वर्षौंदेखि मर्मतसम्भार नपाएर जीर्ण भएका स्वास्थ्य चौकी, विद्यालय तथा सरकारी भवनलेसमेत नयाँ स्वरूप पाए । त्योभन्दा अझै बढी सांस्कृतिक धरोहरहरूले पनि नयाँ जीवन पाए ।

साङ्लोदेखि उज्यालोसम्म उमाकान्तको यात्रा..‍‍‍.‍‍‍

घरभित्र पस्नु अघि तेह्र वर्षसम्म आफूलाई बाँधेर राखेको कटेरो पुलुक्क हेरे, तर त्यता हैन मूल ढोकातर्फ मोडिँदैभित्र पसे। उनलाई बाँधेर राख्ने गरिएको कटेरो अहिले दाउरा र परालले भरिएको थियो। उमाकान्तलाई स्वागत गर्न घरको मूल ढोकामा घडा थापिएको थियो।

‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि वैकल्पिक उर्जासँग समझदारी

प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग संझौता गरेको छ। मंगलबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

उज्यालो कोन्ज्योसोम

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रकृति र संस्कृतिको दोभान हो जसले पर्यटनबाट समृद्धिको शिखर चुम्न सक्छ। त्यसैले गाउँपालिकामा अवस्थित पर्यटकीय संभावना भएका सम्पदाहरूमा आवश्यक पूर्वाधार विकास र ब्राण्डिङ गरि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ।

दियोको उज्यालो

लक्ष्मी पूजाको दिन बालिने दियो माटोको बनाउन अहिले भक्तपुरस्थित कुमाले टोलका रोसन प्रजापतिको परिवार व्यस्त छ। फूल र दीप तथा उज्यालको पर्वको रुपमा चिनिने तिहारमा अन्य समयभन्दा बढी माग हुने भएकाले उनको परिवारलाई माटाका भाडा बनाउन भ्याइनभ्याई भएको हो।

उज्यालोतिर अभिमुख होस्

राष्ट्रपति विद्यादेवी भण्डारी मुलकको सांकृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव कायम गर्ने बताएकी छिन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव अझ बलियो बनाउने विश्वास व्यक्त गरेकी छिन्।

देशभर उज्यालो बनाउँदै प्राधिकरण, निर्धक्क भएर बत्ती बाल्न कुलमानको आग्रह

तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत प्राधिकरणलाई भने कसरी विद्युत व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे। उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारोमा लक्ष्मीको आराधना गरेर बस्थे।

चौरीगोठ उज्यालो बनाउन सोलार

यस क्षेत्रका केही किसानले अझै चौरी, याक र हिमाली गाईपालनलाई पेसा, व्यवसायकै रूपमा अँगाल्दै आएका छन्। दशकअघिसम्म पर्यटकीय गाउँ हेलम्बुको लेकाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय चौरीपालन नै थियो।

बाजा जोगाउनै मुस्किल, मतयाः अर्थात उज्यालो जात्रा

दीप प्रज्वलन गरेर मनाइने नेवार समुदायको एक महत्वपूर्ण पर्व मतयाः (श्रृंगभेरी) भित्र चर्चित र लोपोन्मुख गरी १८ वटा बाजा छन् । त्यसमध्येका धेरै बाजा अन्य पर्वमा निकाल्न मिल्दैन । मतयाः जात्राको साइत पारेर जात्रा सुरु हुनुभन्दा १५ दिन अघि मात्रै बाजा निकालिन्छ र कलाकारलाई अभ्यास गराउने चलन छ । यस वर्ष मतयाः जात्रा साउन ३२ गते मनाइँदै छ ।

२५ उज्यालो वर्ष

सन् १९९४ मा स्थापना भएको तिलगंगा आँखा अस्पतालले २५ वर्षमा ६० लाखभन्दा बिरामीको आँखा उपचार गरेको छ। जसमा अस्पतालमा केन्द्रित भएर ३४ लाख ९० हजार र समुदायमा गएर २५ लाखभन्दा बढी रहेको अस्पतालले जनाएको छ। अस्पतालले १५ लाखभन्दा बढीलाई निःशुल्क सेवा दिएको छ।

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण  ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो।

अँध्यारो रहेन बेलका

‘बेलका’ शब्दै अँध्यारोसँग सम्बन्धित त। त्यसैले बेलकाको भेट उज्यालोसँग करिब करिब असम्भवै छ भन्दा हुन्छ। ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ’– गीतको बोलजस्तै दुई किनाराका बसोबासी हुन् बेलका र उज्यालो। तर यो ध्रुवसत्यलाई चुनौती दिँदै अघि बढेको छ यतिबेला बेलका। अर्थात बेलका नगरपालिका। हो, उदयपुरको पूर्वी भागमा अविरल बहने सप्तकोशीको किनारमा अवस्थित बेलका नगरपालिका यतिबेला उज्यालो यात्रामा छ, विकासको उज्यालो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्