४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उज्यालोतिर अभिमुख होस्

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी मुलकको सांकृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव कायम गर्ने बताएकी छिन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव अझ बलियो बनाउने विश्वास व्यक्त गरेकी छिन्।

‘समाजमा शान्ति एवं स्थायित्वका साथै मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको हार्दिक मंगलमय शुभकामना,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अन्धकार बिनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिषापका रूपमा रहेका सबै खालको अध्यारोमाथि विजय पाउने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्दै देउवाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ। तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ।’

प्रकाशित: १० कार्तिक २०७६ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App