७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

‘उज्यालो नगर’ बनाउने तयारी

सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

उज्यालो घर

खेल्दाखेल्दै झमक्कै साँझ परिसकेछ। मैले भनेँ, ‘अब त घर जानुपर्छ।’ श्रेय र साक्षात खेल्नै मन गर्दै थिए। मैले सबैलाई रोकेँ अनि घर जान तयार गराएँ। हामी खेलमैदानबाट घरतिर लाग्यौँ। मेरा आँखा घेरै टाढा देखिएको एउटा उज्यालो घरमा पुगे। मैले भने, ‘अहो, साथी हो ! त्यो कस्तो उज्यालो घर। हेर त।’

ठेकदारसँगै हरायो उज्यालो

भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाडाँका उषा थापा गाउँमा विद्युत विस्तारको लागि पोल गाडिदा धेरै खुसी थिइन। रात परेपछि कुपिको सहरा अब लिनु पर्दैन भन्ने आसामा रहेकी उषाको चाहना अझै पुरा भएको छैन्।

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

उमेरले ८३ नाघेका बाराको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारी दुखन कछाडियाको अनुहारमा शनिवार बेग्लै खुसी देखिएको छ। प्रतिनिधि सभा सदस्य प्रभु साहले ट्रान्सफर्मरको स्वीच अन गरेर गाउँमा पुगेको बिजुलीको पहिलो बत्ती बाल्दा कछाडियाको अनुहारमा जीवनभरको उज्यालो देखिएको हो।

उज्यालो प्रदेश बनाउन ३ अर्ब १३ करोड लाग्ने

प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन ३ अर्ब बढि लागत लाग्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार प्रदेशका ९ वटा स्थानीय तहमा विद्युत पुगेको छैन् भने १६ वटा स्थानीय तहमा आंशिकरुपमा मात्र विद्युत पुगेको देखिन्छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरी प्रदेश नं. ४ लाई उज्यालो प्रदेश बनाउने घोषणा गरेको छ।

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन्।

अपेक्षाकृत् उज्यालो

एउटा पक्ष भने प्रधानमन्त्री ओलीले सुधार्नुपर्ने देखिएको छ । उनले अहिले विपक्षी नेताले जस्तो भाषण गर्न बन्द गर्नुपर्छ । प्रधानमन्त्री बनेका व्यक्ति सबैका अभिभावक हुन् । तिनले सबैलाई व्यंग्य गरेको सुहाउँदैन।

अविच्छिन्न उज्यालो

एक दशकपछिको एउटा सबैभन्दा सुखद खबर हो– सबै क्षेत्रमा लोडसेडिङ हट्नु। नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुकका कुनै क्षेत्रमा पनि लोडसेडिङ नहुने घोषणा गरेपछि यो सुखद अवस्था आएको हो। २०७३ सालको लक्ष्मीपूजादेखि काठमाडौंका सर्वसाधारणका घरमा लोडसेडिङ हुन छाडे पनि औद्योगिक क्षेत्रमा भने प्रत्येक दिन तीन घन्टाका दरले लोडसेडिङ हुँदै आएको थियो। काठमाडौंपछि पोखरा, भरतपुरलगायतका ग्राहकलाई यो सेवा प्राप्त भयो। लोडसेडिङ हट्नुमा गर्मी बढेसँगै नदीमा पानीको बहावसमेत बढ्नुलाई श्रेय दिइएको छ। सर्वसाधारणका घरमा कुनै बेला दिनमा १८ घन्टासम्म लोडसेडिङ गरिएको थियो। नियमित विद्युत् आपूर्ति हुन नसक्नुमा मागअनुसारको बिजुली उत्पादन नहुनुलाई आधार मान्ने गरिएको थियो।

एक वर्षमा सिंगो कर्णाली नै उज्यालो हुन्छ : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले वर्षौ देखि अन्धकारमा रुमल्लिएको कर्णाली प्रदेश एक वर्षमा झलमल्ल हुने बताएका छन्। उनले उज्यालो कर्णाली सपना साकार भएर छाड्ने बताए। बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोग तथा जिल्ला समन्वय समितिको आयोजनामा जुम्लामा सम्पन्न एक कार्यशाला गोष्ठीमा मन्त्री भण्डारीले उज्यालो विना कर्णालीको समृद्धि हुन नसक्ने बताए।

‘आधा उज्यालो’माथि छलफल

काठमाडौँमा कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह ‘आधा उज्यालो’ माथि बृहत छलफल कार्यक्रम आयोजना गरिएको छ। कथाकार तथा अनुवादक महेश पौड्यालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमा कवि भीष्म उप्रेतीले किताबभित्रका ६ वटा कविता वाचन गरेका थिए।

उज्यालोकाे आधार तयार

असनकी कविता श्रेष्ठलाई एकताका मैनबत्ती बेच्न भ्याइनभ्याइ थियो । तर, उनको पसलमा अहिले मैनबैत्ती छ कि छैन भनेर सोध्न समेत कोही आउँदैनन् । आक्कल झुक्कल कोही मैनबत्ती खोज्न आए भने अनौठौ लाग्छ रे अहिले उनलाई।

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

सिमकोट गाउँपालिकास्थित भरगाउँका अघिकांश महिला घरायसी काममा व्यस्त हुन्छन् । उनीहरुको दैनिकी खेतीपाती र घरायसी काममै बित्छ।

जुम्ली सांसदको उज्यालो सपना

जुम्लाबाट प्रतिनिधी सभा सदस्य निर्वाचित गजेन्द्रबहादुर महत ईन्जीनियर ल्याएर यहाँका नदिनालामा विद्युतको सर्भे गर्न व्यस्त छन्। उनलाई पानीको स्पिड र विद्युत गृह निर्माण गर्ने स्थान हेर्दै ठिक्क छ। विद्युतलाई आखाँको ज्योति सरह हेर्दै आएका छन्।

डोल्पाको काइके गाउँमा सोलारको उज्यालो

डोल्पाको हिमाली क्षेत्रमा अवस्थित काइके गाउँपालिकाका जनप्रतिनिधिले सोलार जडान गरेर गाउँलाई झिलिमिलि पारेका छन्। जनप्रतिनिहरुले गाउँमा सोलार बत्ती पुर्‍याएसँगै गाउँपालिकाका एक सय घरधुरी झिलिमिलि बनेका हुन्।

उज्यालोका लागि मुसा बाधक

सुन्दा अचम्म लाग्ला, विद्युत वितरणका लागि जडान गरिएका ट्रान्सर्फमरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्