फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ!
फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ, निर्धोको संगत गर्छौ, तिमीलाई कल्ले टेर्छ। के रोप्ने बगैंचामा घरको सुन्दरता निखार्न, थाहा नै होला लहराले सधैं रुखलाई बेर्छ।
फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ, निर्धोको संगत गर्छौ, तिमीलाई कल्ले टेर्छ। के रोप्ने बगैंचामा घरको सुन्दरता निखार्न, थाहा नै होला लहराले सधैं रुखलाई बेर्छ।
पक्कै, जीवनका अनुभव सबैका थरिथरि हुनुपर्छ, दिन र रात जसरी सुख र दुख घरिघरि हुनुपर्छ। अनि पो जिउनुको छुट्टै आनन्द मिल्दछ त, हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ।
तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ। विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त, विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।
ढुङ्गालाई देउता भनी पुज्नु गल्ती थियो, तिमी एउटा संसारमा बुझ्नु गल्ती थियो। रोइरहेँ तिम्रा अघि, खुल्यो आँखा आज, तिमी भेट्न मन्दिरमा कुद्नु गल्ती थियो!
तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?
नेपालभाषा चिबाखं साहित्य र लुम्बिनी सम्यक् फाउण्डेसनको संयुक्त आयोजनामा भएको एक समारोहमा लघुकथा प्रतियोगितामा विजयी स्रष्टाहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।
अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।
ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।
अरूलाई रुवाएर आफू हाँसेको मैले देखेको छु,आफूलाई पनि अरूसँग दाँजेको मैले देखेको छु। सम्बन्धमा हुँदा मात्र हो तिमी बिना मर्छु भन्ने त, छुटेर पनि हाँसीखुसी बाँचेको मैले देखेको छु।
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ, भन्नुपर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी, बोकेर पीरव्यथा दिलभित्र दुखेको हुन्छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुईदुई वर्षमा कुनै पनि देश÷क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित नारीहरुलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गर्ने गरेको छ।
त्यतिका यात्रु निले पनि, उत्तिकै बलि माग्छ अझै, घटना हुँदा थैया कठै, उत्तिकै करुणा जाग्छ अझै। कतिको काल बनिसक्यो, कतिको गाल बनिसक्यो, सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै।