२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सम्बन्धमा हुँदा मात्रै हो तिमीबिना मर्छु भन्ने त!

मुक्तक

  १) मुक्तक

अरूलाई रुवाएर आफू हाँसेको मैले देखेको छु,

आफूलाई पनि अरूसँग दाँजेको मैले देखेको छु।

सम्बन्धमा हुँदा मात्र हो तिमी बिना मर्छु भन्ने त,

छुटेर पनि हाँसीखुसी बाँचेको मैले देखेको छु।

 २) मुक्तक

भाको नभाको कसम नखाम भनेकै त थिएँ,

उत्रिन सकिंदैन सागरमा नजाम भनेकै त थिएँ।

रुनु पर्दैन धोका हुँदैन भनेर कर गरिन् उनीले,

पछि रुनुपर्छ माया लाउँदै नलाम भनेकै त थिएँ।

 ३) मुक्तक

सधैं पार्टीको झोले बनेर मात्र विकास हुँदैन यत्ति बुझ्नू,

अरूलाई नराम्रो भनेर मात्र विकास हुँदैन यत्ति बुझ्नू।

मैले जत्तिको विकास अरूले गरेन भन्दै छन् नेताहरूले,

अन्न फल्ने बारी खनेर मात्र विकास हुँदैन यत्ति बुझ्नू।

 ४) मुक्तक

बहाना गर्दै समयले छलेपछि म के गरूँ आमा,

मेरो मन भित्रभित्रै गलेपछि म के गरूँ आमा।

सपना त देखेको थिएँ नि हजुरलाई खुसी बनाउने,

अहिले हातखुट्टा दुवै नचलेपछि म के गरूँ आमा।

५) मुक्तक 

सत्यलाई झुट अनि झुटलाई सत्य भन्न सकिएन,

अरूले जस्तै गरी कहिल्यै खेदो खन्न सकिएन।

जे हो सत्यतथ्य कुरा त्यही बोल्ने गर्छु सधैंभरि,

त्यही भएर सबैको नजरमा राम्रो बन्न सकिएन।

 - सुमन धमला

प्रकाशित: १६ माघ २०८० ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App