१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ!

१) मुक्तक

फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ,
निर्धोको संगत गर्छौ, तिमीलाई कल्ले टेर्छ।
के रोप्ने बगैंचामा घरको सुन्दरता निखार्न,
थाहा नै होला लहराले सधैं रुखलाई बेर्छ।

२) मुक्तक
भो भावनाको कुरा नगर, त्यो जून हैन,
जे बक्छौ तिमी बारम्बार त्यो धुन हैन।
अनिकाल हरेकको दिमाखमा लागेको हुन्छ,
आखिर तिर्खा बढाउने त्यो नून हैन।


३) मुक्तक 
भाग्दा भाग्दै क्षितिजबाट यहाँसम्म आएपछि,
घैला बोकेर आएको एक बुँद पाएपछि।
रिस त मलाई मात्र होइन तिमीलाई पनि उठ्छ,
अंशियार हुँ भन्दै पूरै भाग खाएपछि।

४) मुक्तक
अलिकति के उठाएको, दुई इन्च अग्लो भयो,
टुक्राटुक्रा सँगालेको अहिले सग्लो भयो।
जुठो के दिनु भनेर उसलाई पहिला दिएको,
सत्कार ठानेर होला ऊ त झन् फ्याङ्लो भयो।

प्रकाशित: १९ माघ २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App