२८ पुस २०८१ आइतबार
image/svg+xml

महसुस

विगतका कर्तुत महसुस गर्‍यो। केटाकेटीको भविष्य निर्माण गर्ने शिक्षक पूर्ण तयारी गरेर कक्षामा छिर्थे। कक्षाको पछाडि बेन्चमा बस्ने विद्यार्थीहरू अलि बदमास, र छुकछुक हुन्थे।

प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!

माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।

सात स्रष्टालाई अक्षरमार्ग सम्मान

अक्षरमार्गले सात स्रष्टालाई सम्मान गरेको छ। वार्षिक उत्सवको अवसरमा स्रष्टाहरू नगेन्द्रराज शर्मा, सनत रेग्मी, केके कर्माचार्य, गायत्री श्रेष्ठ, श्रीकृष्ण मर्हजन, सुभद्रा बम्जन र डा.गोपाल पौड्याल ‘मण्डने’ लाई सम्मान गरिएको थियो।

आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी!

आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी, डोकोनाम्लो डाँडापाखा गर्दा उमेर भछ असी। सिटामोल नपाएर मरेको हो उनकै छोरो, सराप्दै हिंड्छिन् बरा पटुकीले पेट कसी।

अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो!

जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर, खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो।

डा.शेखरकुमार श्रेष्ठकाे कमिलाको जन्ती नियाल्दा

डा. शेखरकुमार श्रेष्ठकाे कमिलाको जन्ती शीर्षक बालकथासङ्ग्रहमा सङ्गृहीत नौओटा कथामा सरल भाषाशैलीको प्रयोग छ। यो साना बालबालिकाले सहज तरिकाले बुझ्न सक्छन्।

कन्यामको त्यो वाचा तोडेर नजानू!

प्रिय भन्दै छु मलाई छोडेर नजानू,कन्यामको त्यो वाचा तोडेर नजानू। मायाको डोरीले बाँधेँ भनेको सम्बन्ध,दरिलो गास्छु पाइला मोडेर नजानू।

तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन!

पत्करमाथि बसेर भन्छ, अब पत्कर आउँदैन,तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन। जुन चश्माले हेरे पनि आफ्नै अनुहार मात्र देखिन्छ, हिसाब त मिलाउन खोजेखोजेझैं गर्छ, तर उत्तर आउँदैन।

ठुलो बन्ने दौड

मान्छेहरूलाई हेरिरहेछु म। कोही हिँडिरहेछन्, कोही दौडिरहेछन्। म सोच्छु, हिँड्नेहरू किन सुस्त सुस्त हिँडेका होलान्? फेरि, दौडनेहरू चाहिँ किन यस्तरी दौडेका होलान्? कहाँ के भेट्नु छ तिनलाई? आँखा चिम्लेर दौडनेहरूलाई देखेर एउटा कथा सम्झन्छु म।

कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू!

कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू, ढाँटको गिनिज वल्र्डमा नाम लेखाउँछन चटकेहरू। जब हात लाग्दैन सत्ता भित्री दाउपेच र तिकडमले, बाह्य प्रभुको पाउमा माथ टेकाउँछन् चटकेहरू।

चुम्बनको चोट हो,धोएर के गर्नु!

अँगालो मारिदेऊ छोएर के गर्नु, चुम्बनको चोट हो धोएर के गर्नु। हाँस, हँसाऊ जीवन छोटो नै छ, आत्माको व्यथामा रोएर के गर्नु।

मञ्चनमा ‘समय पीडा’

नाटक ‘समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्