कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पा’को!
कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पाको, वर्गीय त्यो पाटोभन्दा हजुरलाई कुर्सी प्यारो।
कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पाको, वर्गीय त्यो पाटोभन्दा हजुरलाई कुर्सी प्यारो।
तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन। हामीलाई उल्लु बनाइ तिमी हाँसीहाँसी बाँच्छौ,खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन।
निरमाया,भो बस्दिनँ म तिम्रो शहरमा, न हावा न पानी, न माटो न जवानी,न प्रेम न सद्भाव!
न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।
तिमीले घर बेच्यौ उसले सुन बेच्यो,तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो। खरिद बिक्री त रै छ जिन्दगी साँल्दाइ, तिमीले मन बेच्यौ उसले गुन बेच्यो।
आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी, डोकोनाम्लो डाँडापाखा गर्दा उमेर भछ असी। सिटामोल नपाएर मरेको हो उनकै छोरो, सराप्दै हिंड्छिन् बरा पटुकीले पेट कसी।