आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन?
समाजका सबै अङ्ग टाढिएका किन, आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन? यस्तै चाला चल्यो भने देश रहन्छ र, गरीब चै गरीबीमै गाडिएका किन?
समाजका सबै अङ्ग टाढिएका किन, आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन? यस्तै चाला चल्यो भने देश रहन्छ र, गरीब चै गरीबीमै गाडिएका किन?
डाक्टर सापले त छामेपछि पैसा पाक्छ, झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ। लाटाको पैसा चतुरेले पकाएर खान्छन्, बोल्न जान्नेले त डामेपछि पैसा पाक्छ।
चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ। यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
लास पर्दा घाट लैजाला कल्ले बूढाको, रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको। खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश, खिया लाग्दा साँध लाउने कल्ले खुँडाको!
माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।
कहिले कहालीलाग्दो दुःखसँग साटिन्छ जिन्दगी,कहिले सोच्दै नसोचेको सुखमा छाँटिन्छ जिन्दगी।यस्तै छ संसारको चक्र उजेली हुन्छ अँधेरी हुन्छ,घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी।
बागबजारको युनिटी क्याफेमा बाबुआमाका साथ उर्मी बसेकी छे। उही टेबुलको सामुन्नेमा उमेश पनि बाबुआमासँगै बसेको छ। परिवेश शान्त छ। लजालु छ। मिलनमय छ।