७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

उर्मीको इच्छा

लघुकथा

‘छोराले मन पराइहाल्यो। एकपटक हेरिहालौं न त शान्ति! छोराको रोजाइ पनि राम्रै हुन सक्छ नि!’ गोविन्दप्रसादले भने।

बागबजारको युनिटी क्याफेमा बाबुआमाका साथ उर्मी बसेकी छे। उही टेबुलको सामुन्नेमा उमेश पनि बाबुआमासँगै बसेको छ। परिवेश शान्त छ। लजालु छ। मिलनमय छ।

‘हाम्रो छोराको रोजाइ कुनै दृष्टिमा कमजोर हुनै सक्तैन।’ पहिलो अर्डरमा आएको लस्सीको एक चुस्की लिएर गोविन्दप्रसादले सगौरव  कुराको आइसब्रेक गरे। निकैबेरदेखि एकोहोरो उर्मीलाई हेरिरहेकी शान्ति भावी सम्धीसम्धिनीपट्टि फर्केर मुसुक्क मुस्कुराइन्। अब बाँकी केही रहेन।

बागबजारको युनिटी क्याफेमा बाबुआमाका साथ उर्मी बसेकी छे। उही टेबुलको सामुन्नेमा उमेश पनि बाबुआमासँगै बसेको छ। परिवेश शान्त छ। लजालु छ। मिलनमय छ।

प्रक्रियाहरू पूरा भएपछि शिवरात्रिको दिन धुमधामसँग बिहे भयो उमेश र उर्मीको। बोली-वचन मीठो छ। श्यामल वर्णकी छिन्। विशालाक्षीको मनमोहक कटाक्षयुक्त हेराइले दुलहीको मुख हेर्न आएका दुलाहापट्टिका सारा आफन्तजन नतमस्तक भए।

बुहारी भित्र्याएको एक महिनादेखि नै केही न केही भएकै छ उर्मीलाई। कहिले टाउको दुख्छ, कहिले पिंडौला कर्कर खाएको छ। अफिस जान पनि सकेकी छैनन् उर्मी।

शहरको नामुद अस्पताल र डाक्टर बाँकी थिएनन्। उर्मीको रोग भने जिउँका तिउँ थियो। उनी गल्दै गइन्।

अन्तिममा आएको ल्याब रिपोर्ट डरलाग्दो थियो।

‘बोन क्यान्सर’ त्यो पनि फोर्थ स्टेजको।

उर्मीलाई क्यान्सर भएको कुरा पहिला उमेशले र त्यसपछि क्रमशः गोविन्द, शान्ति, उर्मीका बा र आमाले थाहा पाए। सबैको सल्लाहमा उर्मीलाई थाहा नदिने निधो भयो।

चैते दशैंको दिन उर्मीका मन खुशी पार्न कुनै कसर बाँकी राखिएन। उनका मनोवाञ्छित भोजन वस्त्र सबै दिइयो। आफन्तजन समिपमै बसेर प्रेमिल वार्ता गरिए।

‘मलाई कति धेरै ख्याल गरिसिन्छ ममी हजुरहरू!’ उर्मीले शन्तिको क्लान्त नयनमा दृश्य जोडेर भनिन्।

शान्तिले नजानिंदो शैलीमा उत्तर दिइन्,‘तिमी बिरामी छ्यौ नि त दुलही!’

बुहारी भित्र्याएको एक महिनादेखि नै केही न केही भएकै छ उर्मीलाई। कहिले टाउको दुख्छ, कहिले पिंडौला कर्कर खाएको छ। अफिस जान पनि सकेकी छैनन् उर्मी।

गोविन्दले बुहारीको हृदय स्पर्श गर्ने आवाज निकाले,‘तिमी निको नहुञ्जेल केयर गर्नु हाम्रो दायित्व होइन र उर्मी? बरु तिमीलाई केही खाउँ जस्तो लागेको छ भने भन, म ल्याइदिन्छु। अथवा अरू इच्छा छ भने पनि भन।’

ससुराको प्यारभरि वचन सुनेर उर्मीले पनि थकित आवाज निकालिन्, ‘मैले हजुरहरूबाट यति धेरै माया पाएँ। तर, मैले बुहारीको सामान्य धर्म पनि निर्वाह गर्न सकेको छैन। साँच्चै भनुँ भने नि बुवा, भान्छामा छुन्मुनाउँदै हजुरहरूलाई भात पकाएर खुवाउने इच्छा छ मलाई।’

उर्मीको भावुक वचन सुनेपछि उमेश गोविन्द र शान्ति तिनै जनाले सजल नयनहरू चिम्म पारेर निचोरे।

प्रकाशित: ३ वैशाख २०८० ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App