१८ फाल्गुन २०७७ मंगलबार

रोपें निश्छल प्रेमको बोट मीठो

रोपें निश्छल प्रेमको बोट मीठो, झाँगिएर त्यसले दिने ओट मीठो। गरेर त्यसैको शीतलतामा शंका, ठडिएका औंलासँगै खोट मीठो।

स्मृति विम्बमा विनय कसजू

जिन्दगीका उकालीओरालीमा, भञ्ज्याङ र देउरालीमा अनगिन्ती मानिसहरू भेटिन्छन् । अनेक प्रकारका घटनाहरू घट्छन् । तर ती सबै मानिस र घटनाहरू हाम्रो संझनामा रहिरहँदैनन् । कुनै क्षणभरमै बिर्सिएर जान्छन् । कुनै महिना वर्षमा बिर्सिइन्छन् । कुनै व्यक्ति वा घटना भने यस्ता हुन्छन् कि हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षर जस्ता अमिट रहन्छन् । अविस्मरणीय हुन्छन् । तिनै अविष्मरणीय व्यक्तिमध्ये मेरो स्मृति विम्वमा हुनुहुन्छ वरिष्ठ साहित्यकार ,पत्रकार,बहुमुखी प्रतिभाका धनी, स्रष्टा, द्रष्टा आदरणीय विनय कसजू सर ।

‘हरेस नखा, देख्या छौँ विल्टुवा लोग्नेलाई तह लाएर पनि घरव्यवहार सोझ्याका छन् कति आइमाईहरूले’ –सान्त्त्वना पोक्याइदिइन् सासूले बुहारीको च्याङ्लो मनको पछेउरीमा ।

मुसो–बिरालो

कुत्रुकुत्रु पार्दै मुसो गर्नु बिज्याइँ गर्थ्यो बिरालाले थाहा पाउँथ्यो चाल मारेर झर्थ्यो मुसो खान पाउँछु भनी उतै जान्थ्यो बिरालो अरू खान के पाउँथ्यो र लोप्पा खान्थ्यो बिरालो ।

मैले घर छोड्दा आँसु , झार्ने आमा सम्झिराछु

मैले घर छोड्दा आँसु , झार्ने आमा सम्झिराछु, खोला वारिसम्म मलाई, तार्ने आमा सम्झिराछु । शहर बस्दा खान मिल्छ, यत्ति कुरा लैजा भन्दै, गुन्द्रुक, सिन्की, बेसार पोको, पार्ने आमा सम्झिराछु ।

बिनसित्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू

बिनसि त्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू, केही स्वार्थमा मन – मुटु साट्ने गर्छन् मान्छेहरू । इमान,जमान र इमानदारीता गुमाएकालाई के भन्नु, मौका पाए कसैको थुक पनि चाट्ने गर्छन् मान्छेहरू।

छालाको जुत्ता

उद्घोषक सम्माननीय अतिथिहरूलाई धन्यवाद दिँदै थिए । भीड पातलिँदै थियो । त्यतिखेरै मञ्चतिर एक्कासि एउटा जुत्ता बर्सियो। अर्को जुत्ता गल्लीको कुकुरले लग्यो । ती जुत्ता भद्रलोकका थिए ।

यो पनि घर हो ?

मेरी श्रीमतीको रवाफिलो बानीबेहोरा देखेर मेरो साथी रवीन्द्रे आइरहन्छ । सायद उसलाई लाग्दो हो मेरी श्रीमती काइदाकी फरासिली छे । धन्य छु म । उसकी श्रीमती सायद कर्कशा हुँदी हो । प्वाक्कै बोल्दी हो । जे देख्यो त्यही बोल्दी हो । रुद्रघन्टी छैन होला । ऊ मेरी श्रीमती देखेर मजा मान्छ होला बेबकुफ ।

कुकुर ‘क’

लामो समयसम्म छलफल गर्दा पनि कुनै शब्दमा सहमति हुन सकिरहेको थिएन । अधिकांश प्रतिनिधिहरू विचरा ‘क’को नाममा उत्तेजित हुँदै थिए । केही प्रतिनिधिहरू मैले भनेकै हुनुपर्दछ भन्दै कुकुरजस्तै भुक्दै थिए । होहल्लाकै बिच माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाऔँ हजुर भनेर प्रस्ताव राखे । वास्तवमा कुकुर कसैको नाता पर्दैन थियो । कुकुर शब्दमा सबैले सहमति जनाए।

झोले

फेक आइडीबाट गाली गर्ने को होलान् भनेर मनमा निकै गड्यो । गम्भीर अनुसन्धान गरे कतैबाट पनि मैले पत्तो लगाउन सकिन । यसैले सम्बन्धित निकायमा गोप्य हिसाब बुझ्दा मात्रै पत्तो लाग्यो । यसैले कतै मुख खोलिन । उपयुक्त समयको प्रतीक्षामा नै बसे।

डा. डीआर उपाध्यायको ‘कफी लभ’

एघारौं उपन्यास कृति कफी लभमा उपाध्याय युवा भएर प्रस्तुत हुनुभएको छ । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै शुरू भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह–अवरोहको कथामा यो उपन्यास केन्द्रित छ । यो उपन्यासमा प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले प्रस्तुत गरिएको छ । उपन्यास तन्नेरी मनहरूसँग सामीप्य रहेको भए पनि यसमा सबै पुस्ता एवं वर्गको भाव समेटिएको छ । आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफू तन्नेरी भएर त्यही उमेरका युवायुवतीहरूको संगतमा रही उनीहरूको प्रेम भावलाई समेटनुभएको छ ।

आमा

मेरी आमा , गाउँमा देउरालीमा भाकल गर्न लौरो टेकी जाँदै छिन् कि हरेक मठमन्दिरमा पाती चढाई ढोग्दै छिन् कि बाटो हिँड्ने बटुवालाई मेरो खबर सोध्दै छिन् कि आमा , आउँछु अब फर्किएर आफ्नै गाउँघर सम्झिएर दशधारा दुध पिएको त्यो गुण तिर्नुछ मैले आमाको काखमा लुट्पुटिदै रम्नु छ मैले ।

म देश

यो पृथ्वी उचाल्न सक्छौ भने त्यो आकाश उप्काउन सक्छौ भने त्यो चन्द्रमा टपक्क टिपेर सुन्तलाजस्तै कोया–कोया चबाउन सक्छौ भने टेक, मेरो शिर कुल्च, मेरो छाती भाँच, मेरो गोडा तिम्रो वीरता र वैभवको एउटा इतिहास लेख्नेछु । नत्र, म देश हुँ के शहर के गाउँ ? जहाँ चोट लगाउ दुख्छ, एकै ठाउँ।

इमान

उसले गाई फर्म, डेरी बेच्यो । खुब मेहनत गरेर पढ्यो। आयोग पास गर्यो । एउटा कम्पनीको लेखापाल बन्यो। अरूलाई काम दिएर आफ्नो व्यवसाय वृद्धि गर्ने सोच थियो । अहिले कामदार बनेर अरूको व्यवसाय प्रवर्द्धन गर्नुपर्दा दुखित थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्