३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी

मुक्तक

 १) मुक्तक

के छ भनी नसोध सानू हाल उस्तै छ,

अलिअलि चल्छ यो मुटु चाल उस्तै छ।

तिमीले उत्तर नदिए पनि फरक पदैन,

तिमीतिरै उर्लने प्रेमको छाल उस्तै छ।

२) मुक्तक

वसन्त ऋतु आउँदैमा सधैं बहार आउँछ भन्न सकिन्न,

सुन्न मन लाग्दैमा कोइलीले गीत गाउँछ भन्न सकिन्न।

कहाँ कतिखेर कसको दिल दुख्छ कसलाई के थाहा,

तिम्रो बैंस जाग्दैमा चोखो प्रेम पाउँछ भन्न सकिन्न।

 ३) मुक्तक

कसैलाई पराईले खुवाएको नुनले रुवाउँछ,

कसैलाई प्रियजनले लाएको गुनले रुवाउँछ।

रुवाउने अस्त्र पनि अनेकौं हुन्छन् हजुर यहाँ,

आफूलाई चैं बाँसुरीको मीठो धुनले रुवाउँछ।

  ४) मुक्तक

कहिले कहालीलाग्दो दुःखसँग साटिन्छ जिन्दगी,

कहिले सोच्दै नसोचेको सुखमा छाँटिन्छ जिन्दगी।

यस्तै छ संसारको चक्र उजेली हुन्छ अँधेरी हुन्छ,

घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी।

प्रकाशित: १८ वैशाख २०८० ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App