२८ पुस २०८१ आइतबार
image/svg+xml

सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ!

विचार सत्य युगीन छ, आचारमा कलि छ,सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ। कसरी चिन्नु खै मान्छेभित्रको मान्छेलाई,यहाँ आँसु अनि मुस्कान दुवै नक्कली छ।

मनाइयाे उनान्नपचासौं शंकर लामिछाने स्मृति दिवस

निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।

भक्तपुरको हनुमानघाटमा आजदेखि एक महिने स्वस्थानी मेला

एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।

पातमा बालेनकाे तस्वीर

जुम्लाको चन्दननाथ नगरपालिका–२ का २४ वर्षीय विराज भण्डारीको पातमा आकृति कोर्ने कला छ। उनले पातमा मान्छे तथा विभिन्न वस्तुको आकृति बनाएर आम्दानीसमेत गर्न थालेका छन्।

‘सिन्ड्रेला साइन्स’को सुखद समाचार

पश्चिमा लोककथाकी प्रख्यात पात्र छिन्– सिन्ड्रेला। सिन्ड्रेला ज्यादै गरिब हुन्छिन्, त्यसैले हेपिएकी हुन्छिन्। अकस्मात राजकुमारको नजरमा परेपछि उनको जीवनमा कायापलट हुनपुग्छ।

सित्तैंमा पायो भने घ्याम्पो नै पिउनेहरू छन्!

अरूलाई अर्तीउपदेश दिनेहरू धेरै छन्,फिर्ता नगर्ने गरी सापट लिनेहरू धेरै छन्। आफ्नो भने कहिल्यै फुटेको कौडी पनि नझार्ने, सित्तैंमा पायो भने घ्याम्पो नै पिउनेहरू छन्।

सबैमा उस्तै ‘कमनसेन्स’ हुँदैन

फ्रान्सका साहित्यकार भोल्तेयरले भनेका थिए, ‘कमनसेन्स अर्थात् व्यवहारिक बुद्धि सबैमा हुँदैन, यो दुर्लभ कुरा हो।’

दुमो

उहाँलाई खुशी बनाउन ससुरा बाले भन्नुभयो; ‘म पूरातन विचारले प्रेरित मान्छे । म त आफ्नै माटोको सुगन्धमा जीवन देख्नसक्नुपर्छ भन्छु। आफ्नोपनलाई प्राण जतिकै स्नेहले मुसार्नुपर्छ भन्ने ठान्छु। पहिलेका मान्छे र अहिलेका मान्छेको सोचमा आकाशपातालको फरक छ भन्ने म भलिभाँती बुझ्दछु।’

भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!

मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।

गाउँकाे महिमा मेराे दाेर्पा

कति मिलेको छ ठाउॅ छिताताल, शिक्षा विकासमा पैसा हालाहाल, ज्ञान र मानमा सबैमा फालाफाल,पढे र पढाए भइने मालामाल।

अब भन्नु यो देश कसले बनाउने!

आफैलाई मरुभूमि र छिमेकीलाई पानी बेचेको यो देश। वर्तमानमा छिमेकीले ज्वानो पठाउँछ र हामी जवानी। अब भन्नु यो देश कसले बनाउने।

लुसुक्क नगद उपहार दिनुस् राष्ट्रिय सभाको इनाम छ!

प्रत्येकपल्ट यहाँले हार्नुभो यहाँको हार्नेमा नाम छ, कस्ले आरोप लगायो सुपरिचित नामै बदनाम छ। जमानत जफत भो त के भो अकुत सम्पत्ति छँदै छ।

साहित्यकार आचार्य सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चले साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्