३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शुभारम्भको लोकार्पण सम्पन्न

मुक्तककार सुभद्रा अधिकारीको मुक्तकसङ्ग्रह शुभारम्भ हालै एक समारोह बीच लोकार्पण भएको छ।

साहित्यकार सूर्यप्रसाद लाकोजूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार मोहन दुवाल, कवि सूर्यप्रसाद लाकोजू लगायतले संयुक्त रूपमा विमोचन गरिएको थियो।

नेपाली साहित्यको लोकप्रिय विधा मुक्तकले चट्नीको जस्तो काम गर्ने प्रतिक्रयिा व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथिले मुक्तककार शुभद्रा अधिकारी आशालाग्दा प्रतिभा भएको विचार पोखे।

शुभारम्भका मुक्तककार सुभद्रा अधिकारी, वरिष्ठ साहित्यकार मोहन दुवाल, कवि सूर्यप्रसाद लाकोजू, प्राडा दिनेश पन्थी, समालोचक डा. सीता सुवेदी, लोकगायक मच्छेश्वर सापकोटा, समालोचक राजन सिलवाल, साहित्यकार मधुसुदन पाण्डे, श्यामप्रसाद पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए।

लामो समयदेखि शिक्षण सेवामा कर्म पोख्दै आएका शिक्षिका सुभद्रा अधिकारीको यो पहिलो कृति हो। कार्यक्रमको आयोजना हामी र हाम्रो कृति समूहले गरेको हो।  

प्रकाशित: ७ माघ २०८० ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App