२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मनाइयाे उनान्नपचासौं शंकर लामिछाने स्मृति दिवस

निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।

निबन्धकार शंकर लामिछानेको नेपाली निबन्धमा विशिष्ट स्थान रहेको, उनको निबन्धहरूलाई अनुवाद गरेर विश्व साहित्यमा पुर्‍याउनुपर्ने धारणा कार्यक्रमका वक्ताहरूले राखेका थिए।

वर्तमान नेपाली निबन्धमा लामिछानेको जस्तो लेखनको उचाइ नदेखिएकोमा चिन्ता पनि व्यक्त गरे।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले लामिछानेको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष निबन्धकार श्रीओम श्रेष्ठ रोदनले शंकर लामिछानेबारे निबन्ध वाचन गरेका थिए।

यसैगरी सो अवसरमा प्रमुख वक्ताका रूपमा समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताए।कार्यक्रममा पूर्व मन्त्री एवं निबन्धकार दिनानाथ शर्मा र युवराज नयाँघरेले लामिछानेका लेखनका विशेषताहरूबारे चर्चा गरेका थिए।

सभापतिको आसनबाट शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले संस्थाको गतिविधिबारे प्रकाश पार्दै शंकर लामिछाने ग्रन्थ प्रकाशनको काम अन्तिम चरणमा रहेको बताए।

साथै लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अङ्ग्रेजी अनुवादका लागि प्रयास भइरहेको र नयाँ पुस्तामा उनलाई चिनाउन पनि कार्य भइरहेको बताए।

 

कार्यक्रममा साहित्यकारहरु मुरारि सिग्देल, मन्जिला अनिल र डा. दामोदर पुडासैनीले प्रसिद्ध निबन्धकार शंकर लामिछानेका निबन्धहरूका अंश वाचन गरेका थिए।

कार्यक्रममा फ्लोरिडा, अमेरिकाबाट आएका साहित्यकार सुन्दर जोशीलाई स्वागत सम्मान पनि गरिएको थियो।

संस्थाकी कोषाध्यक्ष कथाकार पद्मावती सिंहले स्वागत गरेको सो कार्यक्रमको निबन्धकार श्रीबाबु कार्कीले संचालन गरेका थिए।

उक्त कार्यक्रममा संस्थाकी संरक्षक श्रीमती रत्ना लामिछाने, सविता ढुंगाना, समाजसेवी एवं गीतकार शोभित उप्रेती,साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू- प्राडा गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, डा. शान्तिमाया गिरी, विनोद नेपाल, पारश प्रकाश नेपाल, प्रधुम्न जोशी, डा. सावित्री श्रेष्ठ, अश्विनी कोइराला, महासचिव कमला रिसाल, सदस्य संगीता ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ माघ २०८० ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App