४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पुरस्कार अर्पण तथा कवयित्री महर्जनको तनावंगु किपा सार्वजनिक

नेपालभाषा चिबाखं साहित्य र लुम्बिनी सम्यक् फाउण्डेसनको संयुक्त आयोजनामा भएको एक समारोहमा लघुकथा प्रतियोगितामा विजयी स्रष्टालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे छ।

ललितपुरस्थित मंका खलमा आयोजित सो समारोहमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले विजयी स्रष्टाहरूलाई प्रमाणपत्र र लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्यले नगद पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा निर्मल बज्राचार्य, रासा र रामेश्वर जलन प्रथम, द्धितीय र तृतीय भएका थिए। त्यस्तै विनय राजोपाध्याय, प्रमोद अमात्य र राजन महर्जनले प्रोत्साहन पुरस्कार पाएका थिए।

तनावंगु किपा

कथाकार ध्रुव मधिकर्मीले प्रतियोगितामा प्राप्त लघुकथाबाट नेपालभाषामा लघुकथा लेखनमा उत्साह र नयाँ सोच देखापरेको बताए।

कथाकार केदार सितुले सानो हुँदैमा लघुकथा हुन्न भन्दै यसको संरचनाबारे स्रष्टाहरूले ध्यान दिनुपर्ने बताए।

कार्यक्रमको दोस्रो चरणमा कवयित्री रीता महर्जनको तनावंगु किपा (हराएको चित्र) कवितासंग्रह सार्वजनिक गरिएको थियो।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै बौद्ध विश्वविद्यायलयका डीन शाक्यले मानवीय भावनाका विविध सन्दर्भलाई कवितामा हार्दिक रूपले अभिव्यक्त गरिएको बताए।

कार्यक्रम चिबाखं साहित्यका संयोजक नरेश अमात्यको अध्यक्षतामा भएको थियो।

लुम्बिनी सम्यक् फाउण्डेसनबाट प्रकाशित उक्त कृतिमा प्रेमको हार्दिकता, सकारात्मक सोचको आग्रह र जीवनको लागि आवश्यक आध्यात्मिक चेत विषयक ३४ कविता रहेका छन्।

प्रकाशित: १८ माघ २०८० ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App