२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गर्न आग्रह गरेकी छिन् । वार्ताको क्रममा राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएका हुन्।

खोपका लागि राष्ट्रपतिले गरिन् भारतीय समकक्षीलाई पत्राचार

खोपका लागि नेपाल सरकारले गत मार्चमा रकम तिरिसके पनि त्यो आएको छैन । राष्ट्रपतिले त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी राष्ट्रपति कार्यालयले स्रोतले जनाएको छ।

स्वास्थ्य कर्यालयमै थन्कियो कोरोना खोप

स्वास्थ्य कार्यालय गोरखामा छ सय ८० जनालाई लगाउन पुग्ने कोभिशिल्ड खोपको दोस्रो मात्रा छ। खोप सुरु भएको पहिलो अभियानमा दोस्रो मात्रा लगाउन छुटेकाहरुको संख्या पाँच सय ४८ छ। तर जिल्ला खोप समन्वय समितिले मौजाद रहेको खोप नलगाउँदा लामो समयदेखि कार्यालयमै थन्किएको छ।

निजी क्षेत्रलाई खोप आयातको अनुमति दिन माग

मंगलबार विज्ञप्ति प्रकाशित गरी उद्योग संगठन मोरङले सरकारले समयमै खोप आयात गर्न नसकेका कारण उद्योगधन्दा पूर्ण रुपले सञ्चालन गर्न समस्या भएकाले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि आयात गर्ने अनुमति दिन सरकारसँग माग गरेको हो।

खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विकासशील मुलुकहरूलाई खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्। सोमबार अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

कोरोनाको खोपबारे व्यवसायी भन्छन्ः सित्तैमा चाहिँदैन, किनेरै भएपनि लगाउन तयार छौं

पछिल्लो समय व्यवसायीले भन्न थालेका छन्ः ‘सरकारले कोरोनाविरुद्धको खोप किनेर जनतालाई उपलब्ध गराउन सक्दैन भने हामी आफ्नै खर्चमा किन्न तयार छौं । तर, सरकारले खरिद प्रक्रियामा मध्यस्थता गरोस् ।’

परराष्ट्रमन्त्रीले मागे अमेरिकासँग खोपको सहयोग

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसंग कोरोनाविरुद्धको खोप सहयोग मागेका छन्।

पाल्पाको रामपुरले खोप खरिदका लागि सरकारसँग माग्यो अनुमति

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई कोरोना खोप खरिदका लागि अनुमती दिन आग्रह गरे।

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ।

कोरोना खोपको दुरुपयोग गरिएको आरोप

प्रदेश १ का मुख्यमन्त्री, मन्त्री र उच्च ओहोदाका अधिकारीहरूले कोरोनाको खोप पहुँचवालालाई मात्रै लगाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

सेरमले तत्काल खोप नदिने

सेरमबाट उत्पादित खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज पनि सोही खोप दिनुपर्छ। सेरमले यो वर्षभरि नै खोप उपलब्ध गराउन नसक्ने जनाएपछि पहिलो डोज खोप लिइसकेकालाई दोस्रो डोज कसरी दिने भन्ने अन्योल उत्पन्न भएको छ।

खोपमा एकाधिकारले गरिब राष्ट्र मारमा

शताब्दीकै सबैभन्दा ठूलो महामारीबाट मानवता जोगाउन सम्बन्धित देशका सरकारको सहयोगका कारण औषधि उत्पादक कम्पनीले छोटो समयमै खोप उत्पादन तथा आपूर्तिमा चामत्कारिक सफलता प्राप्त गरेका छन्।

तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

सो समितिले कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा सरकारको फितलो स्वास्थ्य व्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान गुमाउनु परेको र उचित तथा सहज उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन नसकेको जनाउँदै तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्