७ वैशाख २०८१ शुक्रबार
राजनीति

परराष्ट्रमन्त्रीले मागे अमेरिकासँग खोपको सहयोग

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसंग कोरोनाविरुद्धको खोप सहयोग मागेका छन्। मन्त्री ज्ञवालीले सोमबार बिहान अमेरिकी सहायक विदेशमन्त्री वेन्डी शेर्मनसँग टेलिफोन वार्ता गरी कोरोना खोप वितरण गर्ने क्रममा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

ज्ञवालीले कुराकानीमा कोरोना संकटको क्रममा दिएको विभिन्न सहयोगको अमेरिकालाई धन्यवाद दिएका थिए।  

त्यस्तै सहायक विदेशमन्त्री शेर्मनले नेपालको सामाजिक–आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिइन्।

प्रकाशित: १० जेष्ठ २०७८ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App