२४ श्रावण २०७७ शनिबार

स्वेच्छाले रुई गाउँवासी चीनतिर : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट नेपाली भूमि मिचिएको गलत सूचना दिने प्रतिवेदन उत्पादक कारखाना र संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएका छन् । उनले राष्ट्रिय सभामा सांसद् रामनारायण विडारीको प्रश्नको जवाफ दिँदै सो प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको खोजी गरेर कारबाही गरिने बताएका हुन् ।

चीनबाट नेपाली भूमि मिचिएको समाचार भ्रामक छ : परराष्ट्रमन्त्री

उनले भने, ‘चीनबाट नेपालको सीमा मिचिएका समाचारको सत्यताको अन्वेषण ग¥यौँ । समाचारमा भनिएझैँ बाउन्ड्री मार्कर ३७ र ३८ कहिल्यै खडा नै भएका छैनन् । भौगोलिक जटिलताका कारण दुवै देशको सहमतिमा बाउन्ड्री मार्कर खडा गरिएको थिएन । त्यसकारण सीमा स्तम्भ सारियो भन्ने समाचार झुटो रहेको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्