२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना खोपको दुरुपयोग गरिएको आरोप

प्रदेश १ का मुख्यमन्त्री, मन्त्री र उच्च ओहोदाका अधिकारीहरूले कोरोनाको खोप पहुँचवालालाई मात्रै लगाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।  

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोप पहुँच भएकालाई मात्रै लगाएर दुरुपयोग गरिएको आरोप लगाएका हुन् । ‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो भनसुनका आधारमा पहुँच भएकाहरूलाई मात्रै लगाएर अनाधिकृत रूपमा खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण हो’, विज्ञप्तिमा भनिएको छ । 

कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुको साटो मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख निवास, मन्त्रालय र मन्त्री निवासहरूमा आफ्ना पार्टीका नेता–कार्यकर्तालगायत आफ्ना नातागोतालाई खोप लगाउने गरिएको कार्कीको आरोप छ । आम नागरिकले दोस्रो डोजको खोप लगाउने बेला सकिन लाग्दासमेत खोप नपाएको र भनसुनका आधारमा खोप लगाइएको कार्कीले बताए ।  

पछिल्लो केही दिनयता प्रदेशका प्रमुख अस्पताल र ल्याबहरूमा पिसिआर परीक्षण बन्द भएको तथा स्थानीय तहबाट सङ्कलित स्वाब नमूना पनि ल्याबहरूले परीक्षण गर्न छोडेको बताउँदै प्रदेश सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा परीक्षणलाई तीव्रता दिनुपर्ने बेलामा प्रदेश सरकारले किटको व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारी अस्पताल बन्द गरेर निजी अस्पतालमा बिरामी पठाउनुमा सरकारकै मानिसहरू कमिसनको खेलमा रहेको आशङ्कासमेत गरिएको छ । सरकारले स्थापना गरेको ८० बेडको कोभिड–१९ उपचार केन्द्र मर्मतका नाममा सञ्चालनमा नआउनुले पनि प्रश्न खडा गरेको छ । 

यसैगरी, पिसिआर परीक्षणलाई समुदायस्तरमा लगेर कन्ट्याक्ट ट्रेसिङका आधारमा अनिवार्य परीक्षण बढाउन आग्रह गर्दै कार्कीले सर्वसाधारणलाई खोप उपलब्ध गराउन र विपन्नलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७८ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App