१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

चुनावी दौडधुपमा क्रिकेट संघ

नेपाली क्रिकेट टोली यतिबेला एशिया कपको तयारीको लागि पाकिस्तान गएको छ। तर यता नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारी भने चुनावी सरगर्मीमा छन्। चुनावी सरगर्मीमै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाएका छन्।

हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन्।

खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्।

प्रधानमन्त्री दाहालको दिल्ली दौडाहा

बिहीबार बिहानदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेट भने दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ।

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण

दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङमार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन्।

अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ।

पर्यटन प्रवर्द्धन गर्न म्याराथुन दौड

विराटनगर –१८ स्थित विराट राजाको दरवारदेखि सुनसरीको वर्जु ताल सम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने भएको छ।

‘अब धनगढी दौडिन्छ’ को उपाधि आर्मीका मुकेशलाई

नयाँ वर्षको अवसर पारेर कैलालीको धनगढीमा आयोजना गरिएको ‘अब धनगढी दौडिन्छ’ अन्तर्गतको धनगढी हाफ म्यारानथको नवौं संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन्।

नेपाल र भारतका युवा गिनिज बुकमा नाम लेखाउन दिनहुँ ५० किलोमिटर दौडिँदै

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकपटक म्याराथन दौडिएपछि धावकले तीनमहिना आराम गर्नुपर्छ। त्यहि भएर एउटा प्रतियोगितामा दौडिएको धावकले नजिकैको मितिको म्याराथन प्रतियोगितामा भाग लिँदैन। किनकी म्याराथन दौडिदा ईनर्जी धेरै खपत हुन्छ। जुन पूर्ति गर्न करिब तीन महिना लाग्छ। तर नेपाल र भारतका दुई युवा भने दैनिक ५० किलोमिटर दौडिने गरेका छन्। त्यो पनि खाली खुट्टा।

हिमाल टमाटाले जिते लिगलिगे साईकल दौडको उपाधि

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जितेका छन्।

अनिस थापामगरलाई क्रन्ट्री दौडको उपाधि

डिफेन्डिङ च्याम्पियन भारतीय सेनामा कार्यरत अनिस थापा मगरले तेस्रो संस्करणको कोल्मा बहाकोट क्रस कन्ट्री दौडको उपाधि जितेका छन्।

एकमहिना पछि ५५ किमिको पञ्चासे गोरेटो दौड हुँदै

दौड आफैंमा कठिन हो। त्यसमा पनि अझ साँघुरो गोरेटोमा दौडिनु अर्को कठिनाई हो। उकाली ओराली गोरेटो दौड जति चुनौति हुन्छ त्यति नै साहसिक पनि। पोखरामा यसै महिनाको पहिलो शनिबार पोखरा म्याराथन सकियो। पोखरा म्याराथनमा स्वदेशी तथा विदेशी धावकको उपस्थिति थियो। आगामी एक महिनापछि पोखरामै साहसिक ५५ किलोमिटरको गोरेटो दौड हुदैंछ।

देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो।

सत्ता गठबन्धन टिकाउन दौडधुप

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई छोडिदिने भनेपछि दाहाल बिच्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्