२ असार २०८१ आइतबार
image/svg+xml
खेल

एकमहिना पछि ५५ किमिको पञ्चासे गोरेटो दौड हुँदै

ट्रेल रेसमा सहभागि धावकहरु दौडिर्दै। फाईल तस्बिरः नागरिक

दौड आफैंमा कठिन हो। त्यसमा पनि अझ साँघुरो गोरेटोमा दौडिनु अर्को कठिनाई हो। उकाली ओराली गोरेटो दौड जति चुनौति हुन्छ त्यति नै साहसिक पनि। पोखरामा यसै महिनाको पहिलो शनिबार पोखरा म्याराथन सकियो। पोखरा म्याराथनमा स्वदेशी तथा विदेशी धावकको उपस्थिति थियो। आगामी एक महिनापछि पोखरामै साहसिक ५५ किलोमिटरको गोरेटो दौड हुदैंछ।

गोरेटो दौड कोरोना भाइरस संक्रमण सुरु भएपछिको पहिलो हो। हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा टे«ल रेस सिरिज’ नामक संस्थाले गर्दै आएको छ। संस्थाले पोखरा–पन्चासे–पोखरा ५५ किलोमिटरको गोरेटो दौड आयोजनाको संघारमा छ। ‘आगामि अप्रिल १ मा आयोजना गर्ने निर्णय गरेका छौं,’ संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले भने, ‘कोभिडको ‘ग्याप’ पछि फेरी टे«ल रेसको तयारीमा छौं। स्वदेशी तथा विदेशी धावकहरुले पनि चासो दिईरहेका छन्।’ उनका अनुसार अनलाईन मार्फत विदेशी धावकहरुले सहभागिताको लागि दर्ता गरिसकेका छन्।  

दौडाउने काम आफैंमा कठिन छ। त्यसलाई व्यवस्थापन मिलाउन अर्को चुनौतिपूर्ण छ। यद्दपी संस्थाले हरप्रयासमा कोभिडअघिसम्म सिरिजलाई निरन्तरता दिएको थियो। पोखरा र आसपासमा धेरै ट्रेल (गोरेटो) छन्। ती गोरेटो केही प्रचलनमा छन्। केही प्रचलनमै छैनन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ। प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो।  

उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ। संस्थाले आफनै बलबुतामा दौडाउने सिरिजमा स्वदेशी तथा विदेशी धावकहरु समेत सहभागिता जनाउने गरेका छन्। ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(टे«ल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं,’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो।  

२०७४ सालमा पोखरा टे«ल रेस सिरिजको स्थापना भएको हो। संस्थाले दुईवर्षमा ५ वटा रेस गरिसक्यो। छैटौं संस्करणको गर्ने प्रयास गरिरहँदा कोभिडले स्थगित बनायो। ‘शुरुमा काहुँ रेस (१३ कि.मी) आयोजना गर्यौं,’ उनले भने, ‘त्यतिबेला अल्ट्रारेस धाविका मिरा राईबाट उदघाटन गर्यौं।’ त्यसपछि रानीबन रेस(२० कि.मी),सराङकोट–मेथ्लाङ रेस(२५ कि.मी), पन्चासे रेस(५५ कि.मी) र धान रेस (७ कि.मी) आयोजना गरिएको थियो।  

छैटौं संस्करण पन्चासे रेस आयोजना गरिएको संस्थापक अध्यक्ष गुरुङको भनाई थियो। ‘ताल टु ताल दौडाउने योजना समेत बनाइएको छ,’ उनले भने, ‘यसले नयाँ  पर्यटन पदयात्राको खाका कोर्ने छ।’ रुट खोज्दै त्यसलाई मार्किङ गर्नुपर्ने अवस्थाले समय धेरै खर्चिलो हुन्छ।’ खर्चिलो हुने हुदाँ प्रायोजकको खोजीमा संस्था जुटिरहेको छ। खेलकुदसँग सम्बन्धीत सरकारी निकायले पनि ध्यान दिनुपर्ने संस्थाले जोड दिदैं आएको छ।  

प्रकाशित: १७ फाल्गुन २०७९ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App