२ असार २०८१ आइतबार
image/svg+xml
खेल

अनिस थापामगरलाई क्रन्ट्री दौडको उपाधि

अघिल्लो पटकका विजेता भारतीय सेनामा कार्यरत अनिस थापा मगरले तेस्रो संस्करणको कोल्मा बहाकोट क्रस कन्ट्री दौडको उपाधि जितेका छन्।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज युकेको मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा भएको क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका  अनिस थापा मगरले निर्धारित २० किमी दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै उपाधि हात पारेका हुन। उपाधिसँगै थापाले  नगद ३५ हजार, पद क र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा नेपाल आर्मीका खेमराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे। बस्नेतले नगद २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे। त्यसै गरी प्रतियोगितामा आर्मीकै सुवास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे। कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यसै गरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौडको पुरस्कार सिरान चोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पारे। निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधि हात पारेका हुन। उपाधिसँगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यसै गरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे। बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यसै गरी रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे। तेस्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने। १० किलो मिटर दौड पार गर्ने दुई जना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो।

प्रतियोगिताका विजेताहरूलाई अन्तर्राष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतली बजार नगरपालिकाका उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समूह युकेकी अध्यक्ष हुम कुमारी गुरुङ लगायतले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

अन्तर्राष्ट्रिय अल्ट्रा धवाक मीरा राईले युवाहरूलाई खेलकुदमा सहभागी गराउनका लागि क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताइन। गाउँ ठाउँलाई चिनाउन सबैभन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने बत्ताउँदै राईले गाउँलाई चिनाउनका लागी विभिन्न देशमा छरिएर रहेको सात सय कोल्मा बासीको योगदान रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन।  

प्रकाशित: २७ फाल्गुन २०७९ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App