८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

पर्यटन प्रवर्द्धन गर्न म्याराथुन दौड

विराटनगर –१८ स्थित विराट राजाको दरवारदेखि सुनसरीको वर्जु ताल सम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने भएको छ।

मोरङ र सुनसरीमा रहेका विराट राजा कालिन सम्पदाहरूको प्रवद्र्धनका लागि म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो।

सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्रकार सम्मेलन गरी  पौणाणिक सम्पदाहरूको संरक्षण र पर्यटन प्रवद्र्धन गर्न हाफ म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ। विराट राजाको दरबार, वर्जु ताललगायतका पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले जेठ ६ गते हाफ म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा संजीव राईले बताए।  

जेठ ६ गते विराटनगरको वडा नं. १८ स्थित भेडियारीबाट सुरु हुने म्याराथुन दौड प्रतियोगिता सुनसरीको बर्जु गाउँपालिका स्थित वर्जु तालमा पुगेर समापन हुनेछ। २३ किलोमिटर दुरीको म्याराथुन दौडमा  प्रथम स्थान प्राप्त गर्नेले १ लाख, दोस्रो स्थान प्राप्त गर्नेले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेले ५० हजार, चौथो, पाँचौं र छौठौं स्थान प्राप्त गर्नेले जनही १५/१५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन्। महिला तर्फको म्याराथन दौड भने ५ किलोमिटरको मात्रै हुने छ। 

५ किलोमिटर दुरी पार गरेर प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मोरङ एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ। म्याराथुन दौड प्रतियोगिता आयोजना गर्नका लागि आयोजक समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  

प्रकाशित: १ जेष्ठ २०८० १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App