२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन्। 

उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा २१ किलोमिटर दुरी पार गरि प्रथम भएकी हुन्। 

प्रधान कार्यालय हल्चोकको मैदानबाट सुरु  म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्त कुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ लाख रुपैयाँ, दोश्रो हुने नेपाल एपीएफ क्लवकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुनव आर्मी क्लवकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन। 

साथै चौथो हुने नेपाल एपीएफ क्लवकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा पार गरी २५ हजार रुपैयाँ र पाचौं हुने नेपाल पुलिस क्लवकी सुमित्रा चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छन। प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लवका लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरू गरी कुल ४२ जना महिलाहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १६ असार २०८० ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App