२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु

चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । सोमवार विहान मेघ गर्जनसंगै खसेको चट्यांग लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वारेन्टिनबाट घर फर्केका वृद्धको मृत्यु

दुई साता क्वारेन्टिनमा बसेर घर फर्केका एक वृद्धको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ६८ वर्षीय वृद्धको शािबार मध्यराति मृत्यु भएको हो ।

बाजुरा अस्पतालमा मृत्यु भएकी दुई वर्षिया बालिकामा कोरोना पुष्टि

बाजुराकी दुई वर्षिय बालिकाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ति दुई वर्षिय बालिकाको सेति प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताए।

कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो।

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दैलेखको क्वारेन्टिनमा एक जनाको मृत्यु

भारतबाट फर्किएर क्वारेन्टिमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको हो ।

चट्याङमा परी दुई जनाको मृत्यु

शुक्रबार बिहान रोल्पा त्रिबेणी ७ नन्दीखोला गाउँमा सबिन बुढाको घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

भारतबाट फर्कने क्रममा मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

करेन्ट लागेर वृद्धको मृत्यु

बन्दीपुर गाउँपालिका–२ गोलडाँडामा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर आले रहेको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

माछा पोखरीमा वृद्धा मृत भेटिइन्

उदयपुरकी एक वृद्धा माछा पोखरीमा मृत भेटिएकी छिन् । त्रियुगा नगरपालिका १ जोगीदहकी ६९ वर्षीया मधुमाया खत्री स्थनीय माछा पोखरीमा बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

ढुंगाले किच्दा एकको मृत्यु

माथिबाट खसेको ढुंगाले किच्दा खोटाङमा एकको मृत्यु भएको छ । कुलो सरसफाई गर्नेक्रममा माथिबाट खसेको ढुंगाले टाउकोमा किच्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राम्चेका ५० वर्षीय गोबिन्द भट्टराईको मंगलबार मृत्यु भएको हो ।

भारतबाट आएका युवकको नाकामै मृत्यु

धनुषाको जटही नाकामा एक युवकको मृत्यु भएको छ। बुधबार बिहान ६ बजे धनुषाका सहिदनगर नगरपालिका ९ घर भएका ३० वर्षीय विरेन्द्र कुमार यादवको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले पुष्टि गरे।

आइसोलेसनमा मृत्यु भएका टाउकोका बिरामी थिए : आफन्त

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान मृत्यु भएका व्यक्तिमा टाउकोको बिरामी रहेको आफन्तले बताएका छन् । वर्षौदेखि टाउको दुख्ने बिरामी भएका गौरीगंगा नगरपालिका–७, भगवानपुरका ५५ वर्षिय वीरबहादुर बन्तोलाको आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

क्वारेन्टिनमा बसेका युवकको मृत्यु

बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । गुलरिया नं. ९ नम्बर वडा गडेनपुरुवाका ५५ वर्षिय जगदिश गोडिया मृत्यु भएको प्रहरी निरीक्षक सुशिल थापाले बताए ।

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्