१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माछा पोखरीमा वृद्धा मृत भेटिइन्

उदयपुरकी एक वृद्धा माछा पोखरीमा मृत भेटिएकी छिन् । त्रियुगा नगरपालिका १ जोगीदहकी ६९ वर्षीया मधुमाया खत्री स्थनीय माछा पोखरीमा बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ ।  

विहान ८ र ९ बजेतिर पोखरीमा मान्छे मृत भेटिएको खवर आएलगत्तै खटेको प्रहरी टोलीले घटनास्थलबाट शव झिकेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याएको छ । प्रारम्भिक अनुसन्धानमा पोखरीमा डुवेर मृत्यु भएको भनिए पनि यथार्थ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।  

प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव ल्याएर पोष्टमार्टमका लागि अस्पतालमा बुझाएको छ भने घटनाबारे सत्यतथ्य पत्ता लगाउन अनुसन्धान कार्य सुरु भएको एसपी मगरले बताएका छन् । 

प्रकाशित: १४ जेष्ठ २०७७ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App