२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तीन जना मृत फेला

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रअ उदयपुरमा मृत फेला परेका छन् । ६ दिनदेखि सम्पर्कविहीन बनेका प्रअ ज्ञानबहादुर श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायीक बनस्थित भुसुने खानेपानी योजनाको ट्यांकी नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।

साता दिनदेखि बेपत्ता प्रधानाध्यापक मृत फेला

एक सातादेखि बेपत्ता एक प्रधानाध्यापक मंगलबार जंगलमा विहान मृत भेटिएका छन् । गत ७ गते देरैदेखि बेपत्ता भएका त्रियुगा नगरपालिका १२ बोटेटोलका स्थायी बासिन्दा ५७ वर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा १३ स्थित भुसुने सामुदायिक वन उपभोक्ता समूहको जंगलमा मृत भेटिएका हुन् ।

'इच्छुक' को स्मृति दिवसमा ताप्लेजुङका क्रियाशिल पत्रकारको कोरोना बीमा

कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको दिन पारेर प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले यहाँका सञ्चारकर्मीको कोरोना बीमा गरिदिने भएको छ । प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी स्मृति दिवसमा नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशिल रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने घोषणा गरेको हो ।

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट युवकको मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ।

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेशनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । आइतबार राति रामगोपालपुर नगरपालिका–७ सुसौलस्थित झडपको क्रममा प्रहरीको गोली लागेर १६ वर्षीय स्थानीय राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि

वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।

ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ।

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त,एकको मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

गोली लागेको अवस्थामा प्रहरी मृत फेला

राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनको कच्चटमा गोली लागेको पाइएको छ।

सर्वोच्चकी पहिलो महिला न्यायाधीश शिलुको निधन

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८१ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको ठहिँटीमा जन्मेकी शिलु नेपालकै पहिलो महिला बरिष्ठ अधिवक्तासमेत हुन्। मुटु, मृगौलासमेत समस्या भएको कारण २१ दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिइन्।

मृत्युपछि पनि शव लैजान पाएनन् परिवारले

गुल्मी मदानेका ४१ वर्षे शिक्षकले गाँउमा फरासीला र गुणी शिक्षकको परिचय बनाएका थिए । मदाने ६ पुर्कोटदहको कङ्गे देउराली आधारभुत विद्यालयमा उनी २०५९ सालदेखि पढाउँथे । समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको विद्यालयलाइ उनकै नेतृत्वमा नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएको उनका भाइ बशन्त कुँवरले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्