१५ चैत्र २०८० बिहीबार
समाज

'इच्छुक' को स्मृति दिवसमा ताप्लेजुङका क्रियाशिल पत्रकारको कोरोना बीमा

कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको दिन पारेर प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले यहाँका सञ्चारकर्मीको कोरोना बीमा गरिदिने भएको छ । प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी स्मृति दिवसमा नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशिल रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने घोषणा गरेको हो ।

प्रेस संगठनका जिल्ला संयोजक कमलप्रसाद भट्टराई र सहसंयोजक दिनेश लिङ्खिमद्धारा हस्ताक्षरित विज्ञप्तीमा क्रियाशिल सञ्चारकर्मीको १ लाख रुपैयाँ कोरोना बीमा बराबरको प्रिमियम रकम प्रेस संगठन ताप्लेजुङले व्यहोर्ने उल्लेख गरिएको छ ।  

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट प्राप्त सहयोग र प्रेस संगठन नेपालले जुटाएको स्रोत परिचालन गरी कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा यहाँका क्रियाशिल सञ्चारकर्मीहरुको कोरोना बीमा गर्ने घोषणा प्रेस संगठनले गरेको छ । ‘इच्छुक’को सम्झना र सम्मानमा हरेक वर्ष जेठ १३ गते स्मृति दिवस मनाउदै आएकोमा यो वर्ष ‘विश्वव्यापी महामारी’ का रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दिवस औपचारिक कार्यक्रमहरु गरेर मनाउन असम्भव भएपनि कोरोना बीमाको घोषणासहित मनाइएको प्रेस संगठन नेपाल ताप्लेजुङले जनाएको छ ।  

सोबार बसेको प्रेस संगठन नेपाल ताप्लेजुङको बैठकले इच्छुक’को सम्झना र सम्मानमा स्मृति दिवसको अवसर पारेर यहाँका क्रियाशिल सञ्चारकर्मीको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार यसअघि नै कोरोना बीमा गरेका पत्रकार प्रेस संगठनले गर्ने बीमा अभियानमा सहभागी हुन पाउने छैनन् । जनपक्षिय पत्रकारको रुपमा परिचित ‘इच्छुक’को द्धन्दकालिन समयमा २०५९ साल जेठ १३ गते हत्या गरिएको थियो ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App