८ वैशाख २०८१ शनिबार

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन्।

ओलीप्रति इंकित गर्दै नेपालले भने: हैसियत नै छैन भन्नेको घमण्डलाई आगामी निर्वाचनमा चकनाचुर पार्छौं

‘हाम्रो काँध बलियो रैछ अहिलेसम्म धानेकै छौ’ नेता नेपालले भने। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले परराष्ट्र नीतिलाई जोगाउने कुरामा पाँच दलीय गठबन्धन सरकार गम्भीर रहेको भन्दै असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गर्ने कुरामा कहिल्यै नचुक्ने बताए।

प्रेस संगठनको अध्यक्षमा राई

नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई चयन भएका छन्। संगठनको बिहीबार सम्पन्न पाँचौं भेलाबाट राई अध्यक्षमा चयन भएका हुन्।

'इच्छुक' को स्मृति दिवसमा ताप्लेजुङका क्रियाशिल पत्रकारको कोरोना बीमा

कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको दिन पारेर प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले यहाँका सञ्चारकर्मीको कोरोना बीमा गरिदिने भएको छ । प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी स्मृति दिवसमा नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशिल रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने घोषणा गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्