२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना अपडेटः विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन्।

गाउँमा झगडा मिलाएर फर्कदै गरेका प्रहरी ईञ्चार्जको बाटाेमै मृत्यु

गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटैमा मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटना: एककाे मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का मोहन चौधरीको मृत्यु भएको छ ।

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पामा चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर पुर्वी रोल्पामा बिहीबार दुई जनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–२ सिर्पका दुई पुरुषको मृत्यु भएको हो। उक्त घटनामा ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको थियो। लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काका अनुसार ठूलो अवाजमा परेको चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए भने पुन शौचालय जाँदै गरेका वेला चट्याङमा परेका थिए।

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण

पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको  स्वाब परीक्षण गरिने भएको छ।

आमासँगै जंगली च्याउ खाएकी छोरीकी पनि मृत्यु

भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गएको छ। आईतवार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षिय छोरी बिपा महत्राको पनी उपचारको क्रममा गएराती मृत्यु भएको हो।

खोलाले बगाउँदा बालिकाको मृत्यु

खोलाले बगाउँदा खोटाङमा एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्कनेक्रममा साप्सु खोलाले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाकि १४ वर्षीया बालिका अम्बिका रोक्काको मृत्यु भएको हो । बालिकालाई बर्षापछि खोलामा आएको बाढीले सोमबार बगाएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी निरीक्षक आमोद्कुमार खेरवारले बताए ।

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ।

भट्टाको प्रदूषणले बर्सेनि ६ सय जनाको मृत्यु

पुरानो प्रविधिको चिम्नी भट्टा, कमजोर गुणस्तरको कोइला, आधुनिक प्रविधिको अभावमा नेपालका इँटा उद्योगहरूले उत्सर्जन गर्ने प्रदूषणका कारण बर्सेनि ६ सय जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

विषाक्त मदिराले मृत्यु हुनेको संख्या १२

विषाक्त मदिरा सेवनले भँगाहा सीतापुर नगरपालिकामा मृत्यु हुने क्रम रोकिएको छैन ।  आइतबार पनि थप एकजनाको मृत्यु भएको छ ।

‘महोत्तरीमा १२ जना मृत्युको कारण विषालु मदिरा सेवन’

महोत्तरीको भगाँहा नगरपालिकामा अज्ञात कारणले मृत्यु भनिएकाहरुले विषाक्त मदिरा सेवन गरेको प्रारम्भिक अध्ययनमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्