१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा चट्याङ लागेर दुईको मृत्यु

रोल्पा – चट्याङ लागेर पुर्वी रोल्पामा बिहीबार दुई जनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–२ सिर्पका दुई पुरुषको मृत्यु भएको हो। उक्त घटनामा ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको थियो। लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काका अनुसार ठूलो अवाजमा परेको चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए भने पुन शौचालय जाँदै गरेका वेला चट्याङमा परेका थिए।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार सिर्प प्रहरी चौकिको टोली घटनास्थल पुगेको थियो। चट्याङबाट भिमबहादुरको नातीनीका शरिरमा पनि चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको छ। एउटा वाख्रा पाठा समेत मरेको छ ।

गाउँपालिका अध्यक्ष खड्काका अनुसार चट्याङले घरको भित्ताको माटो उप्किएको छ । दुबै शब पोष्टमार्टमका लागि सुलिचौर ल्याईएको छ। मृत्यु भएका दुवैका परिवारलाई गाउँपालिकाले २५ हजारका दरले किरिया खर्च दिने अध्यक्ष खड्काले जनाए। 

 

प्रकाशित: २५ वैशाख २०७७ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App