२४ वैशाख २०८१ सोमबार
image/svg+xml
रवीन्द्र उप्रेती


रवीन्द्र उप्रेतीका लेखहरु :

लकडाउनका बेला हत्या (अपडेट)

अज्ञात समूहले यहाँका एक सर्वसाधारणको हत्या गरेको छ। समूहले गौशाला नगरपालिका–४ बिर्ता टोलका ४६ वर्षीय दीलिप ठाकुरको हत्या गरेको हो। उनको शव गाउँदेखि पूर्व उत्तर पर्ने गुठी संस्थानको मकैबारीमा आइतबार फेला परेको हो। ठाकुरलाई काठको मुङ्ग्रोले हानेर हत्या गरेको गौशालास्थित इलाका प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहारबाट उनको अनुहारको बायाँपट्टि गहिरो चोट लागेको छ। चोटसँग मिल्दोजुल्दो एक थान काठेमुङग्रो पनि शवमाथि राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ। चोट लागेका ठाउँबाट अत्यधिक रक्तश्राव भएको छ।

विषाक्त मदिराले मृत्यु हुनेको संख्या १२

विषाक्त मदिरा सेवनले भँगाहा सीतापुर नगरपालिकामा मृत्यु हुने क्रम रोकिएको छैन ।  आइतबार पनि थप एकजनाको मृत्यु भएको छ ।

कोरोना जोखिममा ग्रामीण भेग

भारतको बिहारमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बिहार राज्यसँग सीमा जोडिएको सीमावर्ती गाउँमा आवागमन नरोकिएकोमा स्थानीय चिन्तित छन्। रातको अँध्यारो र बिहान झिसमिसेमा भारतबाट नेपाल छिर्नेको लर्को घट्न सकेको छैन।`

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्