१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विषाक्त मदिराले मृत्यु हुनेको संख्या १२

महोत्तरी, – विषाक्त मदिरा सेवनले भँगाहा सीतापुर नगरपालिकामा मृत्यु हुने क्रम रोकिएको छैन ।  आइतबार पनि थप एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भँगाहा सीतापुर–७ हरकपुर टोलका ५४ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको छ । छिमेकीका अनुसार घरमै सुतिरहेको अवस्थामा बिहान ६ बजेतिर उनको मृृत्यु भएको पाइएको हो । योसँगै विषाक्त मदिरा सेवन गरेर ज्यान जानेको संख्या १२ पुगेको छ । 

मृतकमध्ये ४ जना बर्दिवास नगरपालिका–१२ स्थित अहिमान टोल र जुडी टोलका छन् । नगरपालिका फरक भए पनि भँगाहा सीतापुर–७ र बर्दिवास–१२ जोडिएका वडा हुन् । घटनास्थल महोत्तरी क्षेत्र नम्बर १ मा पर्छ ।

यी दुवै वडामा शृंखलाबद्ध मृत्यु हुन थालेपछि यस क्षेत्रका सांसद एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर क्षेत्री एवं काठमाडौंबाट आएको चिकित्सकको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको छ । टोलीले घटनाबारे मृतकका परिवार एवं स्थानीयसँग घटनाबारे जानकारी लिएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App