२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

खोलाले बगाउँदा बालिकाको मृत्यु

खोटाङ- खोलाले बगाउँदा  खोटाङमा एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्कनेक्रममा साप्सु खोलाले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाकि १४ वर्षीया बालिका अम्बिका रोक्काको मृत्यु भएको हो । बालिकालाई बर्षापछि खोलामा आएको बाढीले सोमबार बगाएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी निरीक्षक आमोद्कुमार खेरवारले बताए ।

बाख्रा चराएर घर फर्कनेक्रममा खोला तर्न लाग्दा बालिकालाई खोलाले बगाएको हो । बेपत्ता बालिकाको शव प्रहरीचौकी निर्मलीडाँडाबाट खटिएका प्रहरी र स्थानीयले घटना स्थलबाट करिब एक किलोमिटर तल फेला पारेका थिए । बालिका घरबाट खोलापारि पर्ने साकेला गाउँपालिका-२ सेखुवामा बाख्रा चराउन गएकी थिइन।

प्रकाशित: २३ वैशाख २०७७ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App