coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु

चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । सोमवार विहान मेघ गर्जनसंगै खसेको चट्यांग लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजेतिर घाँस काट्न जंगल गएको बेला धनुषाको मिथिला नगरपालिका ७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । यस्तै भैँसी चराउन गोठालो गएको बेला महोत्तरी गाउँपालिका वडा नं. १ का ५५ वर्षका इन्दल यादवको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जानकारी दिए ।  

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App